Loading...
प्रचण्ड जी प्रधानमन्त्री तपार्इ हुनुस्’ : देउवा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कुराकानी भयो।
शनिबार  प्रचण्डसँग कुराकानीमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई पाँच बर्षकै लागि प्रधानमन्त्री दिन तयार रहेको सहमति पत्र लेखेरै दिन आफू तयार रहेको बताए  । न्यूज ईजलासमा खवर छ ।
‘प्रचण्डले देउवालाई यस्तो कुरा नगर्नुस्, पाँच वर्षका लागि रचनात्मक प्रतिपक्षमा बस्ने मानसिकता बनाएर बस्नुस् भन्ने जवाफ फर्काए ।’
माओवादी केन्द्रका  नेता बर्षमान पुनले पनि सरकारको नेतृत्वका लागि  प्रस्ताव आइसकेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि  एमाले–माओवादी केन्द्रबीचको एकता भाँड्न अनेक प्रपञ्च सुरु भइसकेको तर एकता भाड्न कसैले नसक्ने बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads