Loading...
देउवालार्इ भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता शुरू भएको छ । अाज बिहान साँढे ९ बजेदेखि बालुवाटारमा वार्ता शुरू भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले खबरडबलीलार्इ जानकारी दिए । भेटमा सरकार गठन राष्ट्रियसभा गठन लगायत समसामयिक राजनीतिक बिषयमा छलफल हुनेछ ।
शुक्रबार हिजाे प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो ।
दुवै नेताले नयाँ सरकार गठनका विषयमा अनावश्यक कानुनी बखेडा झिकेर सरकारले ताजा जानदेशको अवमूल्यन गरेको तर्फ गम्भीरतापूर्वक छलफल गरेका थिए । दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि गठबन्धनका शीर्ष दुई नेता ओली र दाहालबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको थियाे ।
देउवा र प्रचण्डबीचको भेटलार्इ निकै चासोका साथ हेरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads