Loading...
म्याग्दीमा एमालेका भूपेन्द्र थापा विजयी

काठमाडौं । म्याग्दीमा बाम गठबन्धनका उमेदवार तथा एमाले नेता भूपेन्द्रबहादुर थापा २ हजार ३२८ मत अन्तरले विजयी भएका छन् । यो नतिजासँगै म्याग्दीका सबै सिट बाम गठबन्धनले आफ्नो पक्षामा पारेको छ ।
कांग्रेसका खम्वीर गर्वुजालाई पराजित गरेका थापाले २३ हजार ३०८ मत ल्याएर छन् । ४७ हजार ४४९ मत खसेको म्याग्दीमा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस र राप्रपाका संयुक्त उमेदवार खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरे । प्रदेशसभाको क मा माओवादी केन्द्रका विनोद केसी र प्रदेश ख मा एमालेका नरदेवी पुन विजयी भएकी छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads