Loading...
केपी ओली चिनियाँ अधिकारी भेट्न केरुङमा

 एमाले अध्यक्ष केपी शर्मा ओली चिनियाँ अधिकारी भेट्न चीनको केरुङसँगको उत्तरी सिमाना रसुवागढी नाका पुगेका छन् ।












नेपालमा नयाँ सरकार गठनमा अवरोध आइरहेका बेला ओली हेलिकोप्टर चढेर मंगलबार सरुवागढी पुगेका हुन् । ओलीसहित एमाले नेताहरु तीनवटा हेलिकोप्टर लिएर त्यहाँ पुगेका छन् । नेपालमा पीश्चमा र भारतीय सञ्चार माध्यमले नेपालमा बामपन्थी गठनबन्धनको विजयलाई चीनको विजयका रुपमा चित्रित गरिरहेका बेला ओली चिनियाँ अधिकारी भेट्न राजधानीबाट हेलिकोप्टर चढेर जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उच्च स्रोतका अनुसार चीनबाट उच्चस्तरका नेता केरुङसम्म आउने छन् । ती नेता को हुन् भन्नेबारे बताइएको छैन । पछिल्लो समय ओली चीनतिर ढल्किएको आरोप भारतीय र नेपालमा रहेका भारत समर्थकहरुले लगाउँदै आएका छन् । ओली अनौपचारिक रुपमा चिनियाँ अधिकारी भेट्न गएको थाहा पाएपछि भारत थप शसंकित हुन सक्छ । उसले पछिल्लो समय बाम गठबन्धनमा चिरा पार्ने प्रयास गरिरहेको छ ।

त्यसका लागि भारतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरिसकेको छ । यद्यपि प्रचण्डले आफू बाम गठबन्धनबाट अलग नहुने र प्रधानमन्त्री पद नलिने घोषणा गरिसकेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads