Loading...
बास्केटबलको उपाधि दिपक माविलाई

समिर रोका/सन्दीप शर्मा


बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माविमा युवा रेडक्रस सर्कल र दिपक बाल क्लबले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि दिपक माविले हात पारेको छ । दिपक माविले अमर मावि पाखापानीलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो ।
आइतबारदेखि सुरु गरिएको बास्केटबल प्रतियोगितामा जिल्लाका १४ स्थानका विद्यालयले भाग लिएका थिए ।प्रथम र द्वितीय हुनेले क्रमशः नगद ९ हजार, ६ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले व्यावसायिक रुपमा खेलाडि हुनुपर्ने बताउँदै आफ्नो कार्यकालमा खेलकुदका गतिविधिलाई अगाडि बढाइएको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको पात्लेखेतबाट समिर रोकाले जानकारी दिएका छन् । उक्त कार्यक्रममा स्थानीय मनबहादुर रोकाले विद्यालयलाई एक हजार युरो सहयोगको घोषणा गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads