Loading...
मुख्यमन्त्री र सभामुखमा एमाले–माओवादीबीच ६०–४० को भागबण्डा

एमाले र माओवादी केन्द्रले ६०–४० को आधारमा मुख्यमन्त्री र सभामुख पद बाँडफाँट गर्ने सम्भावना रहेको छ । निर्वाचनमा पनि एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत निर्वाचन क्षेत्र बाँडफाँट गरेर उम्मेदवार उठाएका थिए ।
अब पदीय बाँडफाँटमा पनि यही सूत्र प्रयोग हुने सम्भावना छ । यो सूत्र अनुसार अनौपचारिक रुपमा ६ मध्ये ४ वटा एमालेले र दुईवटा माओवादीलाई दिने गरी कुराकानी भएको छ ।
माओवादीले प्रदेश ६ र ७ मा आफ्नो दावी गरेको छ । माओवादीले दावी गरेअनुसार ६ र ७ प्रदेशको मुख्यमन्त्री पाएमा एमालेले १, ३, ४ र ५ नम्बर प्रदेश पाउने छ । २ नम्बर प्रदेशमा भने मधेसवादी दलको बहुमत रहेकाले तिनै दलबाट मुख्यमन्त्री बन्ने छ । यो खबर आजको कान्तिपुरमा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads