Loading...
एकता विरोधी कुरा नगर्न, प्रचण्ड,के पि ओली द्वारा कार्यकर्तालाई निर्देशन










कामचलाउ सरकारले विभिन्न नियुक्ति गरेर सरकार गठनमा कानुनी बखेडा झिकेको भन्दै एमाले र माओवादी केन्द्र रणनीतिक योजना बनाउन छलफलमा जुटेका छन् ।
शुक्रबार राजधानीमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच डेढ घन्टा लामो भेटवार्तामा कांग्रेससँग ‘मुकाविला’ गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित भएको अध्यक्ष ओलीका प्रेश संयोजक चेतन अधिकारीले  जानकारी दिए ।
“कामचलाउ सरकारले विभिन्न ठाउँमा नियुक्ति, जथाभावी निर्णय गरेको र सरकार गठनका विषयमा पनि विभिन्न कानुनी बखेडा झिकेको विषयलाई कसरी मुकाविला गर्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा अर्को बैठक बसेर रणनीति तय गर्ने निष्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ,” उनले बैठकबारे जानकारी दिए ।
त्यस्तै दुवै अध्यक्षले सरकार गठनका विषयमा कानुनी बखेडा नझिक्न र जथाभावी नियुक्ति नगर्न सरकालाईलाई चेतावनीसमेत दिएको उनको भनाइ थियो ।
एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन
निर्वाचन लगत्तै पार्टी एकताको प्रक्रिया अघि बढिरहेकाले एकता विरोधी गतिविधि नगर्न दुवै अध्यक्षले बैठकमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् । “दुवै पार्टी वामपन्थी एकताको दिशामा अघि बढिरहेको छ । यस्तो अवस्थामा दुवै पार्टीका कार्यकर्तालाई एकता विरोधी कुरा नगर्न र गतिविधि नगर्न निर्देशन दिन्छौं,” अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै संयोजक अधिकारीले भने ।
सरकार गठनका विषयमा थप गृहकार्य गरेर अब बस्ने बैठकले त्यसलाई टुंग्याउने भनाई अधिकारीको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads