Loading...
लामो समय अड्किएको अध्यादेश जारी गर्ने तयारी

 दुई महिनादेखि राष्ट्रपति समक्ष अड्किएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश अन्ततः पास हुने देखिएको छ । कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय निर्वाचन प्रणालीद्धारा राष्ट्रियसभा गठनको प्रताव राष्ट्रपति पेस गरको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको एमालेले भने बहुमतीय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो । दुई दलको आ–आफ्नै अडानको चपेटामा राष्ट्रपति विद्यादेवी परेकी थिइन् । तर, अब भण्डारीले लामो समय अड्किएको अध्यादेश जारी गर्ने भएकी छिन् ।
देउवाको जीत, ओलीको हार
अध्यादेशलाई दुई ठूला दल एमाले र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा अध्यादेश जारी गर्ने र एमाले अध्यक्ष ओली अध्यादेश जारी गर्न नदिने पक्षमा थिए । माओवादी अध्यक्ष प्रचण्ड भने कसरी हुन्छ दुई पार्टीबीचको असहमतिको गाँठो फुकाएर देशलाई निकाश दिनुपर्ने लाइनमा उभिएका थिए ।
राष्ट्रपतिले बिहिबार प्रचण्डसँगको भेटपछि अध्यादेश जारी गर्ने निर्णय लिइन् । त्यसले सबैभन्दा ठूलो झड्का एमालेलाई लाग्यो । केही सिटको लोभमा एमालेले एकल संक्रमणीय निर्वाचन प्रणालीलाई ठाडै अस्वीकार गरिरहेको थियो । देउवा पनि कांग्रेसको राष्ट्रिय सभामा प्रतिनिधित्व बढ्ने देखेपछि एमालेले भनेजस्तो बहुमतीय प्रणालीको विपक्षमा थिए । तर, तनाब भने ओलीलाई थियो । निर्वाचन सम्पन्न भई परिणामसमेत आइसकेको अवस्थामा अध्यादेश पारित नभएसम्म देउवा सरकार छाड्नेवाला थिएनन् ।
यसैबीच राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने पक्षमा पुगेको सन्देश बिहीबार एमाले बैठकमा पुग्यो । तर, सहमतिमा आएजस्तो देखाउन उसले हतारहतार अध्यादेशको विषयमा लचकता अपनाउने निर्णय गर्यो । अर्थात, हठ्ठी स्वभावका ओली अन्ततः गले ।
के हो एकल संक्रमणीय निर्वाचन प्रणाली ?
एकल संक्रमणीय प्रणलीलाई समानुपातिककै अर्को रुपमा लिइन्छ । यस प्रणालीमा मतदाताले कति सदस्य निर्वाचित हुनुपर्ने हो, उनीहरुलाई प्राथमिकताको आधारमा मत दिन्छन् । यसो गर्दा सिट संख्या कम भएका पार्टीबाट पनि केही निर्वाचित हुन्छन् । अर्थात बहुमतीय प्रणालीमा मतदाताले सिधै आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन्छन् तर, एकल संक्रमणीयमा प्राथमिकताका आधारमा मत दिन्छन् ।
उदाहरणका लागि आफूले जिताउन चाहेको उम्मेदवारलाई प्राथमिकताका आधारमा पहिलो नम्बरमा मत दिन्छन् । त्यसपछि दोस्रो र तेस्रोलाई संकेग गर्छन् । यसरी पहिलो प्राथमिकतामा रहेको उम्मेदवारले जित्नका लागि आवश्यक मत पाएपछि बाँकी रहेको मत दोस्रोमा सर्छ । यसरी जित्नुपर्ने संख्याको कोटा नपुेसम्म मत एकबाट अर्कोमा संक्रमण हुँदै गइरहन्छ । यसले मत सट्टापट्टा गर्न छुटसमेत दिएकाले दलीय गठबन्धनलाई निर्वाचित हुने निश्चित मत कोटा पार गनृुपर्छ । यसरी राष्ट्रिय सभामा साना दलको पनि प्रतिनिधित्व हुने सम्भावना बढी हुन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads