Loading...
दुई साताभित्र नयाँ सरकार

काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताएका हुन् । “राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको छ, राजनीतिक सहमतिमा अध्यादेश टुङ्गो लगाउनुपर्छ”, उनले । राष्ट्रियसभा गठन अध्यादेशबारे पार्टीभित्र भएको सहमति काँग्रेसले तोडेको उनको भनाइ थियो ।
नेता राईले मुलुकलाई स्थिर, सुशासन र शान्तिको बाटोमा लैजान जनताले वाम गठबन्धनलाई बहुमत दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पारे ।
पूर्वमन्त्री राईले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल अगाडि बढिसकेको भन्दै पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे समझदारीमा निर्धारण हुने स्पष्ट पारे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads