Loading...
एमालेका छविलाल विश्वकर्मा विजयी

रूपन्देहीको क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका हुन् ।

उनी ३४ हजार १ सय ५१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
विश्वकर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत ल्याएका छन् ।
वर्तमान खानेपानी तथा सरसफाइ राज्यमन्त्री रज्जाकलाई हराउँदै विश्वकर्माले रुपन्देही १ मा एमालेलाई कमब्याक गराएका छन् ।
२०७० संविधानसभा निर्वाचनमा यी दुवै अनुहार चुनावी मैदानमा थिए । र, कांग्रेसका रज्जाकले बाजी मारेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads