Loading...
जनताले फैसला गरिसक्याे अफवाह फैलाएर केहि हुदैन : प्रचण्ड

काठमाडाै । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र समृद्धिको यात्रालाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा बिहीबार गरेको कार्यक्रममा प्रचण्डले स्थायित्व र समृद्धिको यात्रामा देश अगाडि बढेको बताए । ‘वाम गठबन्धन बनेपछि समृद्धि र स्थायित्वसहितको नयाँ नेपाली समाज निर्माणको चरणमा आइपुगेको छ,’ प्रचण्डले भने, ‘अब अहिलेका संवैधानिक जटिलताहरू पनि बिस्तारै समाधान हुँदै जान्छन् ।’ अाजकाे नयाँ पत्रिकामा खवर छ ।
प्रचण्डले राजनीतिक स्वार्थमा सविधान, ऐन र नियमकोे व्याख्या हुने गरेको बताउँदै जनताले गरेको फैसलाभन्दा ठूलो केही नहुने बताए । ‘संविधानसभामार्फत राजतन्त्र फालेपछि नेपाली जनतालाई सार्वभौम सत्तासम्पन्न रूपमा परिभाषित गरिएको छ,’ प्रचण्डले भने, ‘यस्ता ऐन, कानुनहरू जनताको फैसालाको अगाडि सामान्य नै हुने भएकाले बहस चलिरहन्छन् ।’
स्थायित्व र समृद्धिको नेतृत्व गर्छु
प्रचण्डले नयाँ कार्यभारको नेतृत्व गर्न आफू तयार रहेको बताए । ‘वाम गठबन्धन बनाएर साझा घोषणापत्रका साथ स्थायित्व र विकासको मुद्दा अगाडि सारेर साझा उम्मेदवार बनायौँ । गठबन्धनले सारेका एजेन्डा जनताबाट अनुमोदन भएको प्रस्टै देखिएको छ,’ उनले भने, ‘पाँचवटै पार्टीको काँधमा गम्भीर जिम्मेवारी आएको छ ।’ जनमतको हिसाबले अरू दलभन्दा वाम गठबन्धनको काँधमा धेरै जिम्मेवारी आएको उनले बताए । ‘गठबन्धनको एउटा नेताको हैसितले म विनम्र हुनुपर्नेछ । जनताको अभिमतका साथ राष्ट्रलाई एकताबद्ध गर्ने, आम नेपालीका भावनालाई जाड्ने, सबै दलहरूलाई समुचित रूपमा सम्वाद र सहकार्यमा राखेर देशलाई विकासको गति दिने ठूलो जिम्मेवारी नेपाली जनताले दिएका छन्,’ उनले भने ।
विरलै अवसर प्राप्त
प्रचण्डले क्रान्ति र शान्तिप्रक्रिया तथा संविधान निर्माण र कार्यान्वयनजस्ता महत्वपूर्ण कार्यभार एउटै नेतालाई कमै हुने गरेको बताए । पृथ्वीनारायण शाहको राज्य विस्तारपछि आधुनिक नेपालको सबैभन्दा बलिदानीपूर्ण परिवर्तनको नेतृत्व आफूले गरेको प्रचण्डले दाबी गरे । यति ठूलो अवसर कमै व्यक्तिलाई प्राप्त हुने बताउँदै प्रचण्डले नेपाली समाज र जनताले दिएको अवसरप्रति ऋणी भएको बताए । ‘विद्रोह र शान्तिको नेतृत्व गर्ने कमै व्यक्तिलाई अवसर प्राप्त हुन्छ । त्यसलाई निष्कर्षमा पुर्‍याउने अवसर पनि नेपाली समाजले दियो । त्यस अर्थमा नेपाली जनता र नेपाली समाजप्रति थप ऋणी छु ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads