Loading...
गौचन हत्या योजनाकार समीरमान बस्नेत पक्राउ

गौचन हत्या योजनाको आरोपमा भारतबाट सिबाआईबी पक्राउ गरेको समीरमान बस्नेत कलंकी, बाफल र कालिमाटी क्षेत्रको टोले गुण्डाको रुपमा परिचित थिए ।
कुनै समय यस क्षेत्रमा हप्ता असुली र लडाईँ झगडा गर्ने काममा उनी अगाडि आउँथे । यस अघि पनि विभन्न आरोपमा उनी नसमातिएका होइनन् तर उनलाई छुटाउन प्रहरी अधिकारीहरू नै लाग्थे । नेपाल प्रहरीका डिएसपी कुमुद ढुगेंलका आफन्त पर्ने बस्नेतलाई उनले नै संरक्षण गर्दै आएको प्रहरीभित्र चर्चा छ ।
विस्तरै उनी टोले गुण्डाबाट हात झिकेर ठेक्कापट्टाका काममा लागे । यसै क्रममा उनको सम्पर्क उनको पुरानो साथी तथा गुण्डा नाईके कुमार घैँटे संग बढ्यो । वस्नेतले हप्ता होइन मोटो कमिसन असुल्ल थाले ।
२ बर्ष अगाडि घैँटे प्रहरी मुठभेडमा मारिएपछी उनी डराएर भागेका थिए । तर उनी धेरै टाढा भागेनन् । उनको भेट बुटवलका गुण्डा मनोज पुन संग भयो । त्यहाँ यिनीहरू दुवै मिलेर युवा संघका दुर्गा मनोज तिवारीको हत्या गरे ।
बस्नेतले गत चैतमा काभ्रेका अर्को गुण्डा दावा लामा माथि गोली प्रहार गरे ।  त्यो घटना पश्चात उनको ध्यान हाइप्रोफाइल तर्फ गयो । उनले निर्माण व्यवसायी संघको अध्यक्ष शरद गौचनको हत्या गर्ने योजना बनाए । हत्या लगत्तै उनी घटनाको जिम्मेवारी लिएर भारत पुगेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads