Loading...
श्रीलंकाविरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो दिन भारतले मुरली विजय र विराट कोहलीको शतक


 श्रीलंकाविरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो दिन भारतले मुरली विजय र विराट कोहलीको शतकको मदतमा ३७१/४ रनको ठूलो स्कोर बनाएको छ । पहिलो दिनको खेल सकिँदा विराट १५६ र रोहित शर्मा ६ रनमा छन् ।
नयाँ दिल्लीस्थित फिरोजशाह कोटला मैदानमा टस जितेको भारतले ब्याटिङ रोज्यो । भारतको स्कोर ४२ रन हुँदा शिखर धवन मात्र २३ रनमा पहिलो विकेटका रुपमा आउट भए ।

पुजारा २३ रनमा आउट भए । ७८ रनमा दुई विकेट गुमाएको भारतका मुरली विजय र विराट कोहलीले पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि २८३ रनको साझदारी गरे ।
दिनको अन्तिम ओभरमा मुरली विजय १५५ रनमा आउट भए । अजिन्क्या रहाणेको खराब र्फम दिल्लीमा पनि जाारी रहृयो । उनले मात्र १ रन बनाए ।
मुरली विजयको टेष्ट करियरमा ११ औं शतक हो । सिरिजमा तेस्रो शतक हानेका विराटको भने २० औं टेष्ट शतक हो । उनले १०५ औं पारीमा २० शतक बनाएका हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads