Loading...
१० वर्षभित्र २ सय जलविद्युत निर्माण हुने

आगामी १० वर्षभित्र निर्माण गरिने झण्डै २ सय जलविद्युत् आयोजनाका लागि झण्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ।








राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० बर्षमा एक सय ८० जलविद्युत् आयोजना निर्माण हुने छ ।
प्रतिवेदनका अनुसार १० वर्षभित्र ११ हजार ३ सय ९६ मेगावाट जलविद्यत् क्षमता पुग्ने भन्दै त्यसका लागि ४ खर्ब १ अर्ब स्वदेशी तथा ३ खर्ब ९० अर्ब रुपैयाँ विदेशी लगानी आवश्यक रहेको औंल्याइएको छ।
यस्तै प्रशारणलाईन र सवस्टेशनका लागि मात्र ४ खर्ब आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। यो खबर आजको कारोबार दैनिकमा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads