Loading...
बाबुरामको जित सुनिश्चित भएपछि नारायणकाजीले दिए बधाइ, गोरखाका जनताको सेवामा समर्पित रहने घोषणा

 गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उमेदवार नारायणकाजी श्रेष्ठले मतगणना नसकिँदै प्रतिद्वन्द्वी बाबुराम भट्टराईलाई बधाई दिएका छन् ।
उनले बधाई दिँदै मतदाताको निर्णयलाई शिरोधार्य गर्ने बताएका छन् ।
“गोर्खा २ का आदरणीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई । निर्वाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता, वाम गठबन्धनका नेता–कार्यकर्ताहरु, आफन्तजन, शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद,” उनले ट्वीट गर्दै भनेका छन् ।
गोरखा २ मा अझै केही मत गणना गर्न बाँकी नै छ ।  श्रेष्ठले भट्टराईलाई टेलिफोनसमेत गरेर बधाई दिइसकेका छन् ।
श्रेष्ठले निर्वाचन परिणाम जे जस्तो भए पनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अविचलित रहेर सक्रिय हुने प्रण गरेका छन् । उनले नेपाली जनता र  गोर्खाका जनताको सेवामा समर्पित रहने प्रतिवद्धता पनि जनाएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads