Loading...
बिक्रम पाण्डे बाँदरको पुच्छर जस्तै’हुन : मन्त्री रेशम लामा

माडी । राप्रपा प्रजातान्त्रिका महामन्त्री एवं नेपाल सरकारका उद्योग राज्य मन्त्री रेशम लामाले आफ्नो पार्टीका उपाध्यक्ष विक्रम पाण्डे ‘बाँदरको पुच्छर जस्तै’ भएको बताएका छन ।
आज चितवनको माडीमा आयोजित वाम गठबन्धको चुनावी सभालाई सम्बोधन गर्दै लामाले राप्रपा(प्रजातान्त्रिक)का तर्फबाट चितवन ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत बनेका पाण्डेलाई ठेदारको उपमा दिँदै कुनै एउटा पेशा गर्नेले राज्यको व्यवस्थापन गर्न नसक्ने बताए । ‘विक्रम पाण्डे जीलाई खुट्टा टेकाईमा सा¥है कमजोर पाएका छु,’ उनले भने, ‘उहाँ एउटा सफल व्यवसायी हो ,तर मुलुको परिवर्तनको नेतृत्वको लागि बाँदरको पुच्छर लौरो न हतियार जस्तो हो।’
चितवन ३ मा राप्रपा प्रजातान्त्रिक उपाध्यक्ष विक्रम पाण्डे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads