Loading...
प्रारम्भिक समानुपातिक परिणाम, एमालेले नै अग्रस्थानमा


प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना सकिएर समानुपातिकको मतगणना सुरु हुँदा एमालेले नै प्रारम्भिक अग्रता लिएको छ । 
निर्वाचन आयोगका अनुसार ५ लाख ६६ हजार ७०९ मत सदर हुँदा एमालेले २ लाख ११ हजार ९८३ मत ल्याएको छ भने कांग्रेसले २ लाख ३ हजार ६२ मत ल्याएको छ । 
यता तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९९ हजार ६३६ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीले ८ हजार ४५६, नयाँ शक्तिले ८ हजार २३३,  विवेकशील साझा पार्टीले ७ हजार ५३५, राष्ट्रिय जनता पार्टीले ६ हजार ८८८ मत, राष्ट्रिय जनमोर्चाले ३ हजार ८३१ मत ल्याएको छ ।
यता संघीय समाजवादी फोरम, नेपालले ३ हजार ५५० मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले २ हजार ९२२ र अन्य दलले १० हजार ७०९ मत ल्याएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads