Loading...
प्रमुख दलका नेता भारतीय दूतावास दाैडधुप

काठमाडाै । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेको समाचार कान्तिपुर दैनिकमा  छापेको छ ।
‘भारतीय दूतावास पुगे नेताहरु’ शीर्षक दिएर लेखेको समाचारमा दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको बिदाइ पार्टीका लागि नेताहरु सहभागी भएको उल्लेख छ ।
समाचार अनुसार पाटीमा एमाले, कांग्रेस, माओवादी केन्द्रका तथा मधेसकेन्द्रित दलका नेता सहभागी थिए । बिदाइ पाटी भनिए पनि त्यहाँ राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल समेत भएको स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ ।
पार्टीमा एमाले नेता राजेन्द्र पाण्डे, कांग्रेस नेता अमरेशकुमार सिंह, माओवादी नेता प्रभु साह सहभागी भएको समाचारमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads