Loading...
पार्टी एकताप्रति आशंका कसैले गर्नु पर्ने अवस्था छैन: केपी शर्मा ओली

काठमाडाै‌ ।  नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली फेरी चर्चामा आएका छन् । राजनीतिमा जनताका लागि कहिलेकाँहि म मुर्ख बन्छु भन्दै उनले जनयुद्धबारे आफ्ना केहि भनाई मुर्खपूर्ण भएको टिप्पणी गरे ।आफ्ना अभिव्यक्तिलाई मुर्खताको संज्ञा दिएसंगै अाेली फेरी चर्चामा छाएका छन । उनले भने सत्यका पक्षमा वकालत गर्दा बाेलेका कुरा समयको अन्तरालमा अाँउदा मुर्ख भएकाे सावित पनि हुने रहेछ ।
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल)का नेताहरुसँग भएको भेटमा ओलीले यस्तो बताएका हुन । ओलीले जनयुद्धको विषयमा पूर्व अभिव्यक्ति सच्याएको भन्दै उनले पिडा महसुस गरेको बताए ।
निरंकुश राजतन्त्र अन्त्यका लागि भएको बलिदानीको कसैले पनि उपेक्षा गर्न नसक्ने भन्दै उनले संविधानमा राजाको व्यवस्था भएकाले मैले संविधान मान्दैन भनेको हुँ भन्दै विगत सम्झीए । उनले भने राष्ट्रलाई घाटा नलाग्ने गरी म कहिलेकाहीं मुर्ख पनि बन्ने गरेको छु, । व्यापक मात्रामा मानवअधिकारका घटना उलंघन भएकाले त्यतिखेर मैले उदेश्यमै केन्द्रीत भएर विभिन्न अभिव्यक्ति दिएको थिए । शक्तिसंग झूकेको होईन सत्यको अगाडि शक्तिको पनि केहि नचल्ने उनले जिकिर गरे ।
वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नेतृत्वमा बधाई दिन बालकोट पुगेको वाइसीएल नेताहरुकाे टाेलीसंग ओलीले खुलेरै जनयुद्धको प्रसंसा गरे । ओलीले भने मैले गरेका  टिप्पणी गलत अर्थमा नबुझिदिनु होला।’
सकरात्मक पक्षको प्रसंशा र प्रोत्साहनमा लाग्ने ओलीले नेपालको वाम आन्दोलन सहि र सकारात्मक दिशामा अघि बढेको बताए । अव देश कुनैपनि वहानामा समृद्धिको बाटोबाट पछि नहट्ने भन्दै उनले काम नलाग्ने सिद्धान्तको तमासाबाट मुलुक धेरै अघि बढेको बताए । कम्यूनिष्ट अान्दाेलन यहाँ सम्म अाइपुग्नुमा युवाकाे विशेष भूमिका रहेका भन्दै ओलीले युवाहरुलाई धन्यवाद दिए ।
युवाको पक्षमा वाम सरकारले नयाँ रणनीति ल्याउने भन्दै अाेलीले त्यसका लागि युवाले आचरण सुधार्दै विकासका हरेक पक्षमा उदाहरणीय काम गर्नु पर्ने बताए । विकासका हरेक प्रयासमा विज्ञान र प्रविधिलाई कसरी जोड्न सकिन्छ यस विषयमा साेच्न सुझाव दिए ।
करिव आधा घण्टा वाईसीएलसंग विताएका ओलीले माओवादी अध्यक्षको पनि खुलेरै प्रसंसा गरे । अव युवालाई विशेष भूमिकामा अघिबढाउने भन्दै उनले सचेतपूर्ण तरिकाले दुई पार्टीको नेतृत्वले काम गरिरहेको बताए । ‘हल्लाखल्ला गरेर पार्टी एकताको थालनी गरिएको भए एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया यहाँ सम्म पुग्दैन थियो भन्दै ओलीले प्रतिकृयावादी शक्तिले एकता भाँड्न जस्ताे प्रपञ्च गरे एकता नभाँडिने ठोकुवा गरे ।
ओली निवास वालकोट पुगेका वाईसीएल टोलीसंग निकै गम्भीर मुद्रामा देखिएका उनले एकता प्रक्रियामा प्रचण्डको विश्वास नटुट्ने बताए । उनले भने माओवादी अध्यक्ष प्रचण्ड जति इमान्दार भएर लाग्नु भएको छ त्यति नै हामीपनि लागेका छौं । वाईसीएललाई विश्वास दिलाउदै ओलीले भने, ‘एकताप्रति आशंका कसैले गर्नु पर्ने अवस्था छैन, अब एकता गरेर देशलाई छिटै समृद्धिको बाटोमा लैजानु छ ।’ अब युवाशक्ति पनि विदेशीनु नपर्ने दावी गरे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads