Loading...
कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन

के घरबेटीले तपाईंलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? अब नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।
आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धि नयाँ कानुनको व्यवस्था गरिएको छ। जस अनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएर पुग्दैन । लिखित सूचना दिएको ३५ दिनसम्म बहालबालाले सोही घरमै बसेर अर्को व्यवस्था गर्न सक्नेछन्।
आफैंलाई घर आवश्यक भएमा बहाल बसेकाहरुलाई घरबेटीले हटाउन सक्छन्। तर, तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा गरिएको छ।
कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिन दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन। घर बहालको अबधि पाँच वर्षसम्म हुन सक्नेछ। तर, त्यसपछि बहालमा लिने दिने व्यक्तिले आवश्यकताअनुसार सहमतिमा पटक पटक समय थप गर्न सक्नेछन्।
औधोगिक वा व्यवसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाका लागि घरको बिमा गराउनु पर्ने व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ।
नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads