Loading...
अध्यादेश असंवैधानिक र अनुचित छ ’: अाेली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वामको बहमुत आएपछि केही मान्छेलाई आतंक भएकाे बताएका छन् । अध्यादेश जारी भयो भन्ने सुनेको छु, यसरी अध्यादेश जारी हुनु संवैधानिक हो, तर असाधारण दबाबका कारण राष्ट्रपतिले पारित गरिन्’, उनले भने, ‘सरकार बनाउने कुरा प्रतिनिधि सभाको स्वतन्त्र बिजनेस हो । अनुचित ढंगबाट दबाव दिएर अध्यादेश जारी गराइएको छ । तर अध्यादेश आफैँ असंवैधानिक र अनुचित छ ।’अाजकाे अन्नपूर्ण दैनिकमा खवर छ ।
अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रिय सभामा केही सीट मागेको भए आफूहरु दिन तयार रहेको बताउँदै राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न बाध्य पारिनु गलत भएको जिकिर गरे ।
आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् ।
नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न बहानामा आफूलाई प्रम बन्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘कुनै कारणबिना सरकार बनाउन विलम्व गर्ने किन ? कुनै हालतमा केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिले भारतले नाकाबन्दी लगायो भन्ने ? नाकाबन्दीविरुद्ध उभिने ? रेल ल्याउँछु भन्ने ? भन्दै केही मानिस सरकार बनाउने बाटोमा तगारो हाल्दैछन् ।’
उनले आफूलाई प्रधानमन्त्री बन्न नदिनैका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विभिन्न बहाना बनाएर सत्ता ओगटिरहेको बताए । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी खेल भइरहेको छ’, ओलीले भने, ‘यी कुनै पनि प्रयास काम लाग्ने छैनन् । एमाले–माओवादी केन्द्रसमेतको चुनावी तालमेलबाट सरकार बन्छ । सुशासन कायम हुन्छ, आर्थिक समृद्धि आउँछ ।’
अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुचित दबाव दिएर राष्ट्रिय सभ गठनसम्बन्धी एकल संक्रमणीय प्रणालीसहितको अध्यादेश पारित गराउन बाध्य पारिएको बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads