Loading...
चुनावबारे बोल्यो भारत

काठमाडाैं । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले उसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ । प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
आजको नेपाल समाचारपत्रमा खबर छ-निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने हाम्रो चाहना छ ।
लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ ।
दुवै मुलुकबीच बर्षौ पुरानो घनिष्ठ सम्बन्ध रहेको छ ।
नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत तयार छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads