Loading...
बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई ज्याकेट सहयोग


म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षाका विद्यार्थीहरुलाई बिहीबार ज्याकेट सहयोग भएको छ । बगुवाखोलाका योगेन्द्र कटुवालले आफ्नी स्वर्गीय आमा स्यानी कटुवालको प्रथम वार्षिकी पुण्यतिथिको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई जाडोका लागि न्यानो कपडा ज्याकेट र टोपी वितरण गरेका हुन् ।
योगेन्द्र र उनकी श्रीमती भगवती कटुवालले स्व. आमाको सम्झनास्वरुप विद्यालयमा अध्ययरत विद्यार्थीलाई लक्षित गरी ज्याकेट वितरण गरेको विद्यालयले जनाएको छ । राष्ट्रसेवक सेवानिवृत्त कर्मचारी समेत रहेका कटुवालले बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गता स्रोतकक्षामा अध्ययन गर्दै आइरहेका २३ जना बालबालिकालाई ज्याकेट, टोपी र बिस्कुट वितरण गरेका थिए ।
अपाङ्ग संघ म्याग्दीका कार्यक्रम अधिकृत सुनिता आचार्य पौडेलको प्रमुख आतिथ्य र पुलाचौरका वडा सदस्य यामकुमारी पाईजाको विशेष उपस्थितिमा ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अधिकृत पौडेल र सहयोगी योगेन्द्र कटुवालले मन्तव्य राखेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर हमालको अध्यक्षता तथा प्रधानाध्यापक भक्त कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । २०६८ सालमा स्थापना भई सञ्चालनमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षामा विभिन्न व्यक्ति, संस्था र दाताले सहयोग गर्दै आइरहेका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads