Loading...
मंगलामा खेलकुद विकास समिति

पश्चिम म्याग्दीको मंगला गाँउपालिमा शनिबार खेलकुद विकास समिति गठन भएको छ । गाँउपालिकामा क्रियाशिल रहेका युवाहरुको भेलाले श्यामसुन्दर कँडलेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुग्जाली रहेका छन् । 
समितिको सदस्यहरुमा लिलन पुन, अनिता रोका, किनबहादुर विक, भीमबहादुर रोकामगर, होमबहादुर रोकामगर, रणबहादुर रोका, सुजत बुढाथोकी, रेविना घर्ती, मिना भण्डारी र कुमार किसान रहेका छन् । भेलाले कुमार किसान र रणबहादुर रोकालाई गाँउपालिकाको खेल प्रशिक्षकका रुपमा चयन गरेको गाउँपालिकाले जनाएको छ ।
गाँउपालिका अध्यक्ष सतप्रसाद रोका र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा समिति गठन गरिएको थियो । कार्यक्रममा गाउँपालिका अन्तर्गत २, ३ र ५ नम्बर वडाका अध्यक्षहरुको उपस्थिति रहेको बताइएको छ । 

सन्दिप शर्मा

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads