Loading...
कुवेतको खराफी कम्पनीमा अलपत्र परेका मध्ये २० जना नेपाल फर्किए

इरूप्से डट कम – कुवेतको खराफी नेशनल कम्पनीमा अलपत्र परेका करिब ३०० जना नेपाली कामदारहरु मध्ये पहिलो पटक २० जनालाई उद्धार गरी नेपाल फर्काइेएको छ्।

नेपाली दुताबास कुवेतले प्रेस बिज्ञप्ती मार्फत भनेको छ"गएको ७ महिनादेखि खराफी कम्पनीमा तलब नपाएका र आवासीय अनुमति (भिसा) नवीकरण भएर जरिवाना तिर्नुपर्ने अवस्थामा पुगेका ९४ जना नेपालीले दूतावासमा निवेदन दिएका मध्ये अहिले २० जनालाई नेपाल पठाइएको हो।उनीहरुलाई पठाउने एसओएस म्यानपावरले कामदारले तिर्नुपर्ने जरिवाना र फर्किने टिकटको पैसा दिएपछि दुई चरणमा १० जनालाई डिसेम्बर १७ र १० जनालाई डिसेम्बर-१८ मा नेपाल पठाइएको हो।

बिज्ञप्तीमा भनिएको छ"पीडितहरुको अक्टोबर सम्मको तलब दिई सकिएको र नोभेम्बर-२०१७को बाँकी तलबका लागि दुताबासले कुवेती वकिललाई वेरसनामाको अधिकार दिएको छ।साथै पीडितहरुलाई सबैलाई खाना कम्पनीले बन्द गर्दा दुताबासले ब्यबस्था गरी पुन: कम्पनीले खाना खुवाइ रहेको र बाँकी समस्यामा रहेका पीडित कामदारहरुलाई छिट्टै स्वदेश फर्काउन संबद्द निकायहरुको सहयोग र समन्यमा दुताबासले पहल गरी रहेको छ।"




 –  तीताेपाटी डट कम

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads