Loading...
कसले बनायो जात



सरु सुनार
किन होला सबैले भन्छन् मलाई अछुत !
रातको अध्यारोमा चल्ने, दिनको उज्यालोमा नचल्ने,
कसले बनायो जात, किन होला सबैले भन्छन् मलाई अछुत !!

भट्टी पसलको , रक्सी र मासु संग चल्ने !
धारा पधेरामा नचल्ने !!

मन्दिरमा चिसो फुल नचल्ने !
तर भेटी दक्षिणा पैसा चल्ने !!


किन होला सबैले भन्छन् मलाई अछुत !
दिनको उज्यालोमा चिसो कपडामा छोइन्छ भन्ने !
गेस्ट हाउस, रेस्टुरेन्टमा भेटदा क्या बिउटिफुल भन्ने!! कसले बनायो जात,किन होला सबैले भन्छन् मलाई अछुत !

सबैको भिडमा मेरो फुल प्रसाद नचल्ले !
एक्लै जादा सुटुक्क पण्डितलाई चल्ने !!

छोरालाई श्रीमती चल्ने,सासुससुरालई बुहारी नचल्ने,मेलापात,घासदाउरा , श्रम सीप चल्ने !
यो समाजमा तल्लो जातकी भनी बुहारी नचल्ने !!

कसले बनायो जात ,किन होला सबैले भन्छन् मलाई अछुत, जवानी चल्ने , शरीर चल्ने थुक्क तिम्रो जात पानी नचल्ने !!

त्यसैले त अब हाम्रा आँखा खुले मान्दैनौ ,तिम्रा जातका प्रथालाई , जातपातको पर्खाल भत्काउन लागेका छौ एकजुट भएर बहिस्कार गर्दैछौ बन्देज तिम्रा मन्दिरलाई !!

त्यसैले त बहिस्कार गर्दैछौ,जवानी चोखो देख्ने अछुत हामिले देख्ने ती तिम्रा स्वार्थी मन र आखालाई !!

कसले बनायो जात !
किन होला सबैले भन्छन् मलाई अछुत !!

( सामाजिक सचेतनाको लागि )

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads