Loading...
गलेश्वर मन्दिरमा सरसफाई

सन्दिप शर्मा

No automatic alt text available.
म्याग्दीको सदमरमुकाम बेनीबजारमा सञ्चालित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा रहेको माउन्ट मगर विद्यार्थी संघले शुक्रबार गलेश्वरधाम परिसरमा सरसफाई गरेको छ । प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा चिनिएको गलेश्वर मन्दिरको आसपासमा संघमा आबद्ध विद्यार्थीहरुले सरसफाई गरेका हुन् । 
मन्दिर परिसर र आसपासको क्षेत्रमा रहेको फोहोर सङ्कलन गरी कुहिने र नकुहिने फोहोरलाई छुट्याएर नष्ट गरिएको छ । मन्दिरको क्षेत्रभित्र रहेको प्लाष्टिक, झारपात तथा अन्य फोहोरलाई सङ्कलन गरी व्यवस्थापन गरिएको माउन्ट मगर विद्यार्थी संघका अध्यक्ष अनु रामजालीले जानकारी दिएकी छिन् ।
सरसफाई कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले विद्यार्थीहरुले गरेको सरसफाई कार्यक्रम उल्लेखनीय रहेको भन्दै माउन्ट मगर विद्यार्थी संघलाई धन्यवाद दिएका थिए । सरसफाई कार्यक्रममा माउन्टमा अध्ययन गर्ने ३० जना मगर विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम माउन्ट मगर विद्यार्थी संघका अध्यक्ष रामजालीको अध्यक्षता, पूर्व अध्यक्ष विमल पुनको स्वागत र सचिव दुतबहादुर पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads