Loading...
श्रीमान्-श्रीमती भन्दै तीन दिनदेखि लजमा बस्दै आएकी महिला मृत अवस्थामा

सर्लाही, १८ मङ्सिर- सर्लाही सदरमुकाम मलंगवाको एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन्।
बागमती नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-९ बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान सिम्रिक लजमा मृत फेला परेको सर्लाही प्रहरीले जनाएको छ। उनी २४ वर्षका एक पुरुषसँग श्रीमान्-श्रीमती भन्दै तीन दिनदेखि लजमा बस्दै आएकी थिइन्, अन्नपूर्णमा खबर छ ।
घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ। महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads