Loading...
पाण्डेलार्इ लाग्यो झट्काः प्रचण्डलाई भोट माग्दै पाण्डेका सारथि

काठमाडाैं । चितवनको माडीमा भएको सभामा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामाले पूर्वप्रभानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि भोट मागेका छन् । ‘म पनि पाण्डेजस्तै ठेकेदार हुँ, देशको विकास गर्न पाण्डे होइन, प्रचण्ड चाहिन्छ,’ लामाले भने, ‘विक्रम पाण्डे ठेकेदार हुन्, नेतृत्व लिन सक्दैनन् ।’
अाजको नयाँ पत्रिकामा खबर छ-दुई धु्रवमा बाँडिएको गठबन्धनमध्ये आफूले देशको आवश्यकताअनुसार वाम गठबन्धन रोजेको र प्रचारमा लागेको उनले बताए । सो अवसरमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य विनीता सिंह ठकुरी, राप्रपा प्रजातान्त्रिकनिकट दलित संगठनका जिल्ला सदस्य दिलीप विक, कांगे्रस क्षेत्रीय समिति सदस्य प्रमोद पोखरेललगायत वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads