Loading...
कांग्रेसलाई सबैभन्दा बढी वाम गठबन्धन भारी

देशरभरबाट सोचअनुसार परिणाम नआएका कारण कांग्रेसमा यतिबेला खैलाबैला मच्चिएको छ । पार्टीका आशा गरिएका प्रमुख नेताहरु नै हार्न थालेपछि कांग्रेसभित्र अबको संसदमा पार्टीको प्रतिनिधित्वको विषयलाई लिएरसमेत गहिरो बहस सुरु भएको छ ।
कांग्रेसलाई सबैभन्दा बढी वाम गठबन्धन भारी परेको छ । हिमाल, पहाड र बाहिरी मधेसमा वाम र भित्रि मधेसमा राजपा र समाजवादी फोरमले कांग्रेस नेतालाई पछारिरहेका छन् ।
अन्य स्थानमा जस्तो परिणाम आएपनि २ नम्बर प्रदेशबाट कांग्रेसले राम्रै अपेक्षा गरेको थियो । तर, त्यहाँ पनि मधेसवादी दलहरु हाबी भएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads