Loading...
कहाँ कस्ले जिते कुन दलको कति अग्रता ?

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धन अगाडी रहेको छ ।
वाम गठबन्धनको नेकपा एमालेले हालसम्म प्रतिनिधिसभा २ सिट र प्रदेशसभामा पनि ३ सिट जितेको छ । प्रतिनिधिसभामा एमालेले १७ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेशसभामा एमालेले २२ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरि वाम गठबन्धनकै अर्काे दल नेकपा माअोवादी केन्द्र हालसम्म प्रतिनिधिसभाको १ क्षेत्रमा विजयी भएको छ भने २ प्रदेशसभामा विजयी भएको छ । प्रतिनिसभामा १४ स्थानमा अग्रता लिएको छ । प्रदेशसभामा भने माअोवादीले १२ स्थानमा अग्रता लिएको छ ।
त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा हालसम्म विजयी भएको छैन् । प्रदेशसभामा भने १ क्षाेत्रमा विजयी भएको छ । कांग्रेस प्रतिनिधिसभाको ५ स्थानमा अगाडी रहेको छ । प्रदेशसभामा भने कांग्रेसको ७ स्थानमा अग्रता छ ।
लोकतान्त्रिक गठबन्धनकै अर्को दल नयाँ शक्ति नेपाल भने प्रतिनिधिसभा एक स्थानमा मात्रै अग्रता छ ।
नेकपा माअोवादी केन्द्र विजयी भएका स्थानहरू
  • पूर्वी रूकुमको प्रतिनिधिसभामा नेकपा माओवादीकी कमला रोका-१०४३४
  • पूर्वी रूकुमको प्रदेशसभा-१ मा तेजबहादुर वली ‘प्रतिक’-५४२७
  • पूर्वी रूकुमको प्रदेशसभा-२ मा पूर्णबहादुर घर्ती ‘आयाम’-५८१६ 
नेकपा एमाले विजयी भएका स्थानहरू
  • मुस्ताङको प्रतिनिधिसभा-१ मा प्रेमप्रसाद तुलाचन-३५४४
  • मनाङको प्रतिनिधिसभा-१ मा पाल्देन छोपाङ गुरूङ-२३००
  • डोल्पाको प्रतिनिधिसभा-१ को प्रदेसभामा ‘क’ मा नन्दसिंह बुढा-५४९०
  • मुस्ताङको प्रतिनिधिसभा-१ को प्रदेसभामा ‘क’ मा महेन्द्रबहादुर थकाली-२५८४
  • मुस्ताङको प्रतिनिधिसभा-१ को प्रदेसभामा ‘ख’ मा इन्द्रधारा विष्ट-११६७
नेपाली कांग्रेस विजयी भएका स्थानहरू
  • मनाङको प्रतिनिधिसभा-१ को ‘क’ मा चिन्ताबहादुर घले-९९८ खबरडबली बाट साभार 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads