Loading...
एकता नहुँदै माओवादी फुट्ने संकेत

काठमाडौं । चुनाव लगत्तै नेकपा एमालेसँग पार्टी एकता गर्नै भनेको नेकपा माओवादी केन्द्रभित्र एकताकै बिषयलाई लिएर नेताहरु असन्तुष्ट बनेका छन् ।
एमाले–माओवादी एकताको विरोध गर्दै आएका माओवादी नेता विश्वभक्त दुलाल ‘आहूति’ ले माओवादी पार्टी पुनर्गठन गर्ने तयारी थालेको बताएका छन् । माओवादीभित्र वैचारिक नेताको रुपमा चिनिदै आएका नेता आहुतीले दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको भन्दै ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता गर्न नहुने अडान राखेका छन् । विना छलफलको एकताले माओवादी एमालेमा विलय हुने उनको तर्क छ ।
नेता अहुतीले एमालेमा विलय हुन नचाहने नेता–कार्यकर्ताले मिलेर नयाँ कम्युनिष्ट पार्टी निर्माण तयारी भएको जानकारी दिएका छन् । अर्का नेता गोपाल किरातीले पनि एकताको विरोध गर्दै नयाँ पार्टी पुर्नगठनमा लागेको बताउँदै आएका छन् ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads