Loading...
क्लासिको हारः रियल मड्र्रिडले बार्सिलोनालाई बुझायो ला लिगा !

दोस्रो हाफमा लुइस स्वरेज, लिओनल मेस्सी र एलेक्स भिडालले गोलसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि ३-० को शानदार जित निकालेको छ ।
ला लिगाको पहिलो इएल क्लासिको घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा खेल्दै गर्दा रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ११ अंकले पछाडि थियो ।
र, उपाधि होडमा फर्कने सम्भावना कायमै राख्न यो खेल जित्नै पर्ने दबाब थियो ।
तर, यो हारसँगै रियल १४ अंकले पछि परेको छ र साविकको विजेता मड्रिडलार्इ उपाधि रक्षा गर्न निकै कठिन देखिन्छ । यद्यपि लिगमा अझै आधा बढी खेल बाँकी नै छ ।
क्लब वल्र्डकपको उपाधि जितेपछि पहिलो खेल खेलिरहेको रियल मडि्रड पहिलो हाफमा निकै आक्रमक थियो । दोस्रो मिनेटमा नै रोनाल्डोले गोल गरकेा थिए तर, उनी आफैं अफसाइड रहे । त्यसपछि पनि रियलले लगातार दबाव दियो ।
४० औं मिनेटमामेस्सीको पासमा उपलिन्होले हेड गरेका थिए, जसलाई नाभासले मुस्लिकले बचाए । पहिलो हाफमा बार्सिलोनाले पाएको यो उत्कृष्ट मौका थियो ।
लगतै घरेलु टोलीका रियलका करिम बेन्जिमाको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
तर, बार्सिलोना दोस्रो हाफमा खेल उल्टायो । घरेलु टोलीमाथि दबाब बढाउँदै लगेको बार्सिलोनाका लागि ५४ औं मिनेटमा लुइस स्वरेजले गोल गरे ।
६४ औं मिनेटमा रियल मड्रिडले दोहोरो झड्का व्यहोर्‍यो । किपर विट भइसकेके अवस्थामा हातले बल रोक्ने प्रयास गर्दा कार्भाजलले रातो कार्ड पाए भने बार्सिलोनालाई पेनाल्टीको अवसर दिइयो, जसमा मेस्सीले सहजै गोल गरे ।
त्यसको केही मिनेट अघि रियलका कप्तान सर्जिओ रामोस रातो कार्डबाट बचेका थिए । उनले स्वरेजमाथि हातले हानेका थिए तर, रेफ्रीले पहेँलो कार्ड मात्र दिए ।
खेलको अन्तिम मिनेटमा मेस्सीकै पासमा एलेक्स भिडालले गोल गरेपछि बार्सिलोना ३-० ले विजयी भयो ।
जितसँगै बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिडको ३१ अंक छ र एक खेल कम खेलेको छ ।
यसैगरी बार्सिलेाना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडबीच भने ९ अंकको दुरी छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads