Loading...
पार्टी एकताविरुद्ध बोल्नेलाई कारबाही हुन्छ : पार्वत गुरुङ

काठमाडौं । माओवादी–एमालेको पार्टी एकताएकताविरुद्ध बोल्नेहरुलाई कारबाही हुने नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभाका सदस्य पार्वत गुरुङले चेतावनी दिएका छन् ।
भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामले वाम एकता गर्नुपर्नै जनादेश दिएको भन्दै नेता गुरुङले पार्टी एकताविरुद्ध जानेलाई आम मतदाताले नै बहिष्कार गर्ने दावी समेत गरे। दोलखाली पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नवनिर्वाचित दोलखाका सांसदहरु’ सँगको साक्षात्कार कार्यक्रममा उनले पार्टी एकताविरुद्ध कुनै पनि नेता कार्यकर्ताले बोल्न नहुने बताए ।
मुलुकको समृद्धिका लागि वा एकता हन लागेको भन्दै उनले पार्टी एकतामा अवरोध गर्ने र जनभावना विपरीत जानेलाई जनताले नछाड्ने बताए।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads