Loading...
के के छन् एमाले र माअाेबादी एकताका चार अाधारहरु

१. ‘माअाेबाद’ : नेकपा एमाले र माअाेबादी केन्द्र काे एकताका लागि बाधक याे दार्शनिक विषयमा माअाेका याेगदानहरुकाे मुल्यांकन कसरी गर्ने भन्ने बिषय अाउँछ । माअाेबाद वा विचारधारा कै हाराहारीमा माअाेलाई माअाेबादीले झै एमालेले नहेरे पनि कम्युनिस्ट अान्दाेलनकाे ऐतिहासिकता मा माअाेलाई एमालेले अवमूल्यन गर्दैन । सम्मान गर्छ । अादर्श मान्दछ । याे अादर्श मान्ने बिषयलाई सहमतिमा उल्लेख गर्ने र विचारधारा र बादका सवालमा घनिभुत बैचारिक बहस अधिबेशन सम्म चलाउने र एक अर्काे का बुझाई र स्ट्याण्डहरुलाई स-सम्मान स्विकार गर्ने र अगाडि बढने गर्दा एकताकाे हिसाब सरल र छाेटाे हुन्छ ।
२. जवज र एशबैस: नेकपा एमालेले जनताको बहुदलिय जनबाद(जवज) अाफ्नाे माैलिक दार्शनिक बैचारिक अाधार मानेकाे छ । माअाेबादिले एक्काईसाैं शताब्दीको बैज्ञानिक समाजवाद(एशबैस)काे बैचारिक खाका प्रस्ताव गरेकाे छ । मेराे बिचारमा यी दुई बैचारिक अाधारहरुमा ठुलाे दूरी छैन । तर स्ट्याण्ड, अाग्रह, पुर्वाग्रह र मनाेविज्ञान अति खतरनाक हुन सक्छ । यी पहाडहरु छिचल्न दुबै बैचारिक बिषयका अन्तरबस्तुहरुमा घनिभुत बैज्ञानिक र बिधिवत छलफल अावश्यक हुन्छ । यसका लागि एथेष्ट समयसिमा सहितकाे प्लेनम चलाउने र क्षेत्र एवम केन्द्रीय तहमा बैचारिक अधिवेशन अायाेजना गर्न सकिन्छ । प्रतिष्पर्धात्मक राजनीति लाई स्विकार्नु र समाजवादी अर्थतन्त्र निर्माणका लागि समृद्धिकाे यात्रा तयगर्न नेपाली माैलिक बैचारिक विकास गर्न सकिने कुरामा सकरात्मक भै अगाडि बढनु नै एकताकाे शुत्रकाे सहि प्रयाेग हाे ।
३. जनयुद्ध : नेपालकाे ईतिहासमा जनयुद्धको ठुलाे भूमिका छ । राजनीतिक अान्दोलन काे पृष्ठभूमिमा जनयुद्धकाे केही सिमाहरुका बावजुद बनेकाे बलिदान पुर्ण ईतिहास त्याग समर्पण साहस र साैर्यकाे महिमा नै माअाेबादी पार्टीको प्राण वा अात्मा हाे । यसप्रति नेकपा एमालेका कतिपय फरक धारणा छन । हुनत कतिपयले सानै मात्रामा भएपनि झापा बिद्रोह ले जनयुद्धको नै स्प्रिट वाेकेकाे कुरा स्विकार्दै पृष्ठभूमिका हिसाबले दुबै विद्राेहकाे स्वरुप एउटै भएकालेे जनयुद्ध र झापा विद्राेहकाे सकारात्मक ऐतिहासिक मुल्यांकन गरि दुबै अगाडि बढन सहज छ भन्ने तर्क गर्छन । यस्तो हुन सकेमा धेरै राम्रो हुने भएपनि बुझाईमा यस्ताे एकरुपता नबनेमा सकारात्मक र नकारात्मक कार्यहरुकाे र सन्देशहरुकाे संश्लेषण गरेर अगाडि बढदा एकताकाे हिसाब सरल हुन्छ र मिल्छ ।
४. संगठन र सत्ता : दुई ठुला पार्टीहरुकाे एकताकाे क्रममा नेता र कार्यकर्ताहरुकाे ब्यवस्थापन चुनाैतिकाे पहाड हाे । मुख्य नेतृत्वमा एकले सत्ता र अर्काेले पार्टीको नेतृत्व गरि अाम नेता र कार्यकर्ताहरुलाई क्षमता रुचि ईतिहास र याेगदानका अाधारमा मुल्यांकन गर्ने पारदर्शि मापदण्ड बनाई ब्यक्ति हेरेर र पुर्व पार्टीकै गुटबन्दिगत अवस्थिति जीउँदै रहने परम्परा शून्य पार्ने रणनीति तय गर्नु पर्छ । ३९९९ काे संख्यामा रहेकाे माअाेबादी केन्द्रले महत्वाकांक्षाका पहाडहरु बनाएकाे पनि हुनसक्छ र अर्कयाे तिर एमालेका नेता र ईकाईमा ठुलाे पार्टीको कार्यकर्तत भएकाे ह्याङअाेभर पनि हुनसक्छ । त्यसैले यसतर्फ सबैले म:म: गरि नेतृत्वको निर्णयकाे सम्मान एवं स्थिरता, विकास, समृद्धि र समाजबादकाे यात्राका लागि चुनाव पुर्व सबैले अाफ्नाे तहमा जनता समक्ष खाएकाे कसमकाे सम्मान गर्दै एकताका पक्षमा वलिदान गर्न तयार हुनु पर्छ ।
खबर डबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads