Loading...
आधुनिक नेपालको नेतृत्व गर्ने अवसर नेपाली जनताले मलाई दिए : प्रचण्ड

काठमाडाै । आधुनिक नेपालको नेतृत्व गर्ने अवसर नेपाली जनताले प्रचण्डलाई दिएको आज राजधानीमा आयोजित कार्यक्रमका वक्ताले खुलाएका छन् । पृथ्वी शाह पछि नेपालको इतिहासमा ठूलो त्याग र बलिदानीबाट प्रचण्डले युद्ध र शान्तिको नेतृत्व गरेको स्पष्ट पारे ।
देशभक्त गणतान्त्रिक मञ्चको बधाई तथा शुभकामना कार्यक्रममा वोल्दै प्रचण्डले युद्ध र शान्तिको नेतृत्व विश्वमा कमै व्यक्तिले प्राप्त गरेको बताए । उनले विभिन्न चुनौती र जटिल्ताको बीचबाट प्राप्त गरेको उपलव्धीलाई जनताले रक्षा गर भनेर दिएको जिम्मेवारी अाफुले अग्नीपरिक्षाकाे रुपमा लिएकाे र त्यसलाई पुरा गरेरै छाड्ने बताए ।
सिङ्गो नेपाललाई एकतामा ल्याउन र नेपालका दललाई समुचित सम्वाद र सहकार्यमा राखेर निकास दिन जनताले दिएको अभिभार पुरागर्ने जिम्मेवारीमा लागेको बताए । जनताको गरेको फैसला भन्दा अरुठूलो फैसला केहि नहुने भन्दै प्रचण्डले कानुन जनताका अगाडि केहि नभएको र जनताको फैसला नै कानुन भन्दा माथि भएको जिकिर गरे 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads