Loading...
पार्टी एकता बारे ओली–प्रचण्डका फरक–फरक धारणा



काठमाडौं–बामगठबन्धनका प्रमुख दुई घटक एमाले र माओवादवीचको एकताको समयसीमालाई लिएर ती दुई पार्टीका प्रमुख नेतावीच फरक–फरक धारणा बाहिर आएको छन् । सरकार गठन अगाडि पार्टी एकता वा पछाडि भन्ने विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच फरक–फरक धारणा बाहिर आएका हुन् । 
एमाले अध्यक्ष ओलीले पार्टी एकता सरकार गठनपछि हुने बताएका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सरकार गठनपूर्व नै पार्टी एकता हुँदा राम्रो हुने धारणा राखेका छन् । निर्वाचनको सम्पूर्ण परिणाम आएको ३० दिनभित्र नयाँ सरकार गठन हुने संवैधानिक व्यवस्था छ । 
चुनावी गठबन्धनसँगै एमाले र माओवादीबीच पार्टी एकता गरेर अगाडि जाने सहमति बनेको थियो । यद्यपी पार्टी एकताको भविष्यलाई लिएर दुवै पार्टीभित्र केही आशंकाहरु भने कायमै छन् । संयुक्त चुनावी घोषणापत्रसहित गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादीवीच पार्टी एकताका महत्वपूर्ण मुद्दामाथि छलफल वाँकी छ । 
प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा बामगठबन्धनको जितपछि एमाले अध्यक्ष ओलीले एमाले र माओवादीबीचको पार्टी एकताका लागि तीन महिना लाग्ने बताएका छन् । 
अव सरकार निर्माण वा पार्टी एकता अगाडि भन्ने प्रश्नमा ओलीले भनेका छन्, ‘सरकार तुरुन्त आइहाल्यो नि । एकताका लागि केही समय लाग्छ । करिव तीन महिना जति ।’ ओलीको अन्तर्वार्ता आजको अन्नपूर्णमा छापिएको छ ।
उता एक टीवी च्यानललाई दिएको अन्तर्वार्तामा प्रचण्डले चाहीँ सरकार गठन अगाडि पार्टी एकता हुँदा राम्रो हुने बताएका छन् । उनले केही प्राविधिक कारणले सरकार गठन अगाडि एकता नभएपनि धेरै ढिला नहुँने बताएका छन् । 
प्रचण्डले भनेका छन्, ‘म आज वा भोलि काठमाडौं जान्छु । त्यसपछि पार्टी एकता संयोजनक समितिको वैठक बस्छ । पार्टी एकता संयोजन समितिको वैठक भोलि वा पर्सि हुन्छ । त्यहाँ हामी एकतावारे सल्लाह गर्छौँ । पार्टी एकता सरकार भन्दा अगाडि बनोस् भन्ने मेरो चाहना छ । प्राविधिक हिसावले केही ढिला भएपनि धेरै पछाडि जादिन । जतिसक्दो चाडो हुन्छ ।’
एकीकृत पार्टीको अध्यक्ष को भन्नेवारेमा आफ्नो अन्तर्वार्तामा ओली र प्रचण्ड दुवैले स्पष्ट गरेका छैनन् । ‘एकीकृत पार्टीको अध्यक्षवारे औपचारिक निर्णय नभई म भन्न सक्दिनँ । ’ प्रचण्डले भनेका छन् । 
ओलीले एकतापछि को अध्यक्ष हुन्छ भन्ने कुरा छलफलबाट टुंगिन बताएका छन् । ‘हामीले अध्यक्ष होइन, एकता खोजेका हौं। पदको कुरै होइन। मिलेर देशलाई अगाडि बढाउन खोजेका हौं। जे आवश्यकता पर्छ पछि छलफलबाट त्यो गर्छौं।’ ओलीको भनाई छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads