Loading...
पहिला युद्धको कमाण्डर थिए, अहिले शान्तिको कमान्डर बन्छु : प्रचण्ड


 माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युद्धको नेतृत्व गरेको व्यक्तिले नै सबैभन्दा बढी शान्तिको महत्व बुझ्ने बताएका छन् ।
शुक्रबार ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले  यस्तो बताएका हुन् । उनले भने, ''कतिपयलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ । अशोका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए। हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो । अहिले हामी त्यही संकल्पमा छौं ।"
प्रचण्डले अब युद्धले देशको भलो नहुने बताउँदै शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा भएको पनि बताए । ''शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा हुन्,' 'अध्यक्ष दाहालले अगाडि भने, ''हामीले जनताको बीचमा स्थिरताको प्रतिवद्धता व्यक्त गरेका छौं, विकासको प्रतिवद्धता गरेका छौं । त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु । निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्धता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं । अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं ।" १२ खरी बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads