Loading...
बामगठबन्धनले जित्दा बर्दियामा बामदेव संकटमा


वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ मा २८ सय मतान्तरले पछाडि परेका छन् । 
मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले  जानकारी दिए अनुसार ७४ हजार ९ सय ६५ मत गन्दा सिचाइँ मन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले ३७ हजार १ सय ५४ मत पाएका छन् ।
गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन् । ४ हजार ७ सय २४ मत बदर भएको र अझै २२ हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads