Loading...
झलनाथ खनाल र सुवास नेम्वाङ विजयी

 प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे।
यसैगरी इलाम क्षेत्र नं २ मा पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ ३६ हजार ५१४ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे ।
यसैगरी प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट एमालेका काजीमान कागतेले १७ हजार ९८६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads