Loading...
ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै

 प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ ।
राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा नेताहरुले आम मतदातालाई धन्यवाद दिने बताइएको छ । साथै राष्ट्रिय सभा निर्वाचन अध्यादेश, प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा दुवै दलको ठोस धारणा सार्वजनिक गर्नेछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads