Loading...
म्याग्दी महोत्सवलाई विभिन्न संघसंस्थाबाट १६ लाख सहयोग

यही पुष २८ गते देखी माघ ७ गतेसम्म सञ्चालन हुने छैटौैं म्याग्दी महोत्सव,माघे संक्रान्ति मेला एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलालाई विभिन्न निकायले १६ लादख आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसार तथा लगानीमैत्री वातावरण बनाउन आयोजित महोत्सवमा जिल्लाका पाँचवटा गाउँपालिकाले प्रति गाउँपालिका २ लाख, म्याग्दी प्रवासी नेपाली संघ मोना (आइसी)ले ३ लाख, आइएमई गुप्र ३ लाख सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा ३ लाख सहयोग गर्ने मोना र आईएमई गुप्रलाई मुख्य प्रायोजक बनाइएको छ ।
महोत्सवको तयारीका बारेमा गाउँपालिकास्तरमा समेत छलफलका साथै उत्पादनलाई स्टलसम्म ल्याउन समेत संघले पहल गरेको छ । जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटकीय र ओझेलमा परेका क्षेत्रको प्रचारप्रसारका साथै लगानी भित्राउन समेत सहयोग महोत्सवको अवलोकन गर्न आउनेलाई नगर तथा गाउँपालिकास्तरसम्म रहेका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने मुल संयोजक एवम् संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।
उद्योग, ब्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गदैं पर्यटन प्रर्वद्धन गरौं’ भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सवमा१ लाख ५० हजार आन्तरिक पर्यटक भित्राउने लक्ष्य राखिएको छ । विभिन्न उपसमिति मार्फत महोत्सवको आर्थिक, प्रचारप्रसार लगाएतको तयारी तिब्र पारिएको महासचिव लिलाराम गौतमले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads