Loading...
करबीर मेमोरियल कपको उपाधी माउण्ट एभरेष्टलाई

पश्चिम म्याग्दीको दरवाङमा आयोजित प्रथम क्या. करबीर मेमोरियल कपको उपाधी बेनीको माउण्ट एभरेष्ट आवासीय माविले हात पारेको छ । मालिका गाउँपालिका–६ दरवाङमा रहेको केबी एकेडेमीले आफ्नो १० औं बार्षिक उत्सवको अवसरमा आयोजित  कपको फाइनलमा धौलागिरि गाउँपालिका–३ मुनाको धनजनता माविलाई सुन्यका विरुद्ध तीन सेट हात पादैं उपाधी जित्न सफल भएको हो । प्रतियोगिताको सुरुवातमा निकै प्रतिस्पर्धा भएको खेलमा माउण्टका खेलाडी हावी भएपछि धनजनताका खेलाडीको प्रयास असफल भएको थियो ।
जिल्लाका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उपाधी जित्दै माउण्ट एभरेष्टले नगद २१ हजार १२१, मेडल, प्रमाणपत्र, उपविजेता धनजनताले नगद ११ हजार १११, मेडल र प्रमाणपत्र हात पारेको रेफ्री तेजेन्द्र बानियाँले बताए । उनका अनुसार प्रतियोगितामा बेनी नगरपालिका, मंगला, मालिका र धौलागिरि गाउँपालिकाका विद्यालयको सहभागिता रहेको थियो । तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीले विद्यालयले शैक्षिक संगै खेलकुद सहितका अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिने बताए ।
समापन कार्यक्रममा विद्यालयका प्रधानध्यापक कर्मा लामा, प्रवन्धक निर्देशक हिरा पुन मगर लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिका  प्रमुख श्रीप्रसाद रोका मगरले विद्यालयमा खेलकुद प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्न सजिलो हुने बताए । उनले गाउँपालिकाले समेत भविस्यमा खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । सामुदायिक र निजी विद्यालय बीचको सम्बन्धलाई मजबुद बनाएर भविस्यमा शैक्षिक गुणस्तर बढाउन समेत सहयोग मिल्ने उनको भनाई छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads