Loading...
फेरी आयो प्रकाश पौडेलको सबैलाई रुवाउने गीत डाली सुकेर (भिडियो सहित)


गीत संगीतमा निकै चर्चित नाम हो कस्तुप पन्त । धेरैलाई यो लाग्छ कि कस्तुप पन्तले नयाँ सिर्जना सार्वजनिक गरे भने त्यो भित्र केहि न केहि नयाँपन हुन्छ वा उत्कृष्टता हुन्छ । त्यस्तै सञ्चार क्षेत्रमा एक दशक भन्दा लामा अनुभव संगालीसकेका प्रकाश पौडेललाई पनि थाहा छ कि स्रोता दर्शकले कस्ता गीत मन पराउछन भन्ने ।
यहि भएर पनि यो जोडीले सार्वजनिक गरेका हरेक गीत सबैको रोजाइमा पर्ने गर्दछन । उनै पन्त र पौडेलले नयाँ गीत डाली सुकेर सार्वजनिक गरेका छन । प्रकाश पौडेलको शव्द तथा कस्तुप पन्तको लय सिर्जना रहेको सो गीतमा विष्णु माझी र रामजी खाँडले आवाज दिएका छन । गीतले माया प्रेममा विछोड हुने कुरालाई विषय बस्तु बनाएको छ ।  गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।
Image may contain: 1 person

प्रकाश पौडेल


गीतमा मन्जीता के.सी र सुमन शिलवालले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन । गीतलाई सारथी म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।
enepalkhabar बाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads