Loading...
वेष्ट प्वाइन्टले मनायो २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस


म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले शनिबार विविध कार्यक्रमसहित आफ्नो २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०७४ साललाई रजतजयन्ती वर्षका रुपमा वेष्ट प्वाइन्टले साताव्यापी कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । 
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले शैक्षिक क्षेत्रमा न्यु वेष्ट प्वाइन्ट अब्बल संस्था रहेको बताए । उनले आगामी दिनमा विद्यालयले अभिभावकको चाहना पुरा गरी विश्वको शैक्षिक बजारमा बिक्न सक्ने जनशक्ति तयार गर्नुपर्ने बताउँदै वर्तमान सन्दर्भमा आफू पनि परिवर्तन हुनुपर्ने बताएका छन् । जिल्ला शिक्षा शिक्षा अधिकारी रामकुमार श्रेष्ठले वेष्ट प्वाइन्ट उत्कृष्ट विद्यालय बनेको र नेपाल सरकारबाट समेत उत्कृष्टताको अवार्ड पाएको भन्दै आउँदा दिनमा शैक्षिक गतिविधिलाई तिब्रता दिन आग्रह गरेका थिए । 
२५औं वर्षगाँठको अवसरमा विद्यालयले प्रभात रजतजयन्ती २०७४ विशेषाङ्क–६ समेत विमोचन गरिएको थियो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न विधामार्फत शिक्षक, विद्यार्थी र कर्मचारीलाई सम्मान गरेको छ । वेष्ट प्वाइन्ट सम्मानबाट, विद्यावारिधि गरेका पूर्व विद्यार्थी जीवन जिसी र एमबिबिएस उत्तीर्ण कृपा श्रेष्ठ सम्मानित भएका छन् । यसैगरी २० वर्ष सेवाअवधि पुरा गरेको भन्दै दिर्घ सेवा पदकबाट रमेश गिरी, भविन्द्र शेरपुजा, दिपेन राई, थरिमाया पुन, गीता भट्टराई र निश्चल खड्का सम्मानित भएको विद्यालयले जनाएको छ । 
त्यस्तै उत्कृष्ट शिक्षकहरुमध्ये सम्मानित हुनेहरुमा कलेजतर्फ विजयकुमार पौडेल, मावितर्फ घनश्याम शर्मा, प्रावितर्फ जलजला श्रेष्ठ, मन्टेश्वरीतर्फ मुना रोका र पूर्व प्रावितर्फ सारिका थापा रहेका छन् । त्यसैगरी कर्मचारीतर्फ प्रमोद शर्मा, होस्टेलका अममाया पाईजा, वेष्ट प्वाइन्ट मिडिया हव प्रालि संयोजक कृष्ण जिसी र प्रावि संयोजक सुमन पौडेल पनि सम्मानित भएका थिए । यसैबीच विभिन्न विधा अन्तर्गत खेलकुद, अतिरिक्त क्रियाकलापतर्फ उत्कृष्ट हुने विद्यार्थी, परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको विद्यालयले बताएको छ । 
कार्यक्रममा प्रिन्सिपल डा. लाल रापचाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराईली, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, विद्यार्थीहरु सुस्मिता बरुवाल, कल्याण सुवेदी र दिक्षा जिसीले मन्तव्य राखेका थिए । कार्यक्रम वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रालिका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षता, भाइस प्रिन्सिपल सरोज लकान्द्रीको स्वागत र शिक्षक कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयको विभिन्न तहका विद्यार्थीहरुले गीतसङ्गित, नृत्य र क्यारिकेचर प्रस्तुत गरेका थिए । 



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads