Loading...
सुन्दर शरीर नै वर्षौँदेखि सत्रु बन्यो

एजेन्सी, बुवा र आमा दुबै भारतीय । तर यी युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो छ । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् ।
हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण भारतको मुम्बइकी पूजा गणात्रा नामकी युवती निकै सुन्दर देखिन्छिन् । तर उनको यो सुन्दरमा वर्षौँदेखि उनको सत्रु बनिरहेको छ ।
भारतीय बुवाआमाकी यी छोरी शुद्ध भारतीय वंशकी हुन् । तर उनलाई देख्नेहरुले विदेशी भन्छन् । बुवाआमा दुबै भारतीय हुँदा पनि तिमी किन विदेशी जस्ती भयौ रु भनेर सोधिरहन्छन् ।
कक्षामा शिक्षकले भन्छन्, स्लिभलेस पहिरन नलगाउ, मानिसको नजर पर्छ । कहीँ घुम्न जाँदा विदेशी भनेर उनीसँग सेल्फी खिच्न आउनेहरु पनि हुन्छन् । उनले हिन्दी बोलेको सुन्दा मानिसहरु विदेशीले पनि फरर्र हिन्दी बोलेको भनेर अचम्म पर्छन् ।
पूजा नश्लीय टिप्पणीहरुको समेत शिकार हुने गरेकी छन् । कतिपयले उनका वास्तविक बुवाआमाप्रति समेत आशंका गर्ने गरेका छन् ।
यी सबै कठिनाई तथा आशंकाबीच गुज्रिरहेका बेला पूजाले एउटा ठूलो निर्णय गरेकी छन् । उनी अब डीएनए परीक्षण गर्ने निधोमा पुगेकी छन्, जसबाट उनको त्यस युरोपेली लूकको राज के हो भन्ने पत्ता लाग्नेछ । साथै उनका बुवाआमामाथिको आशंका पनि हट्नेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads