Loading...
जन्मदिनमा पोशाक वितरण

Image result for birthday wishes
पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीका एक परिवारले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । 
पर्वत बेनी प्राविका विद्यार्थीहरुलाई लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिलिपकुमार बरुवालले छोरा दिगान्तको पाँचौं जन्मदिनको अवसर पारेका पोशाक वितरण गरेका हुन् । १५ जना विद्यार्थीहरुलाई मङ्गलबार पोशाक वितरण गरिएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता र प्रअ हिराबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी) र दिगान्तका हजुरबुवा क्षत्री समाज नेपालका केन्द्रिय सदस्य डिलबहादुर बरुवालले मन्तव्य राखेका थिए । 


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads