Loading...
अर्थमन्त्रीले सिंगो देशलाई कसरी ठगेछन् !

                                                                          










सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ ।
यो वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो । तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यो वर्ष एक रुपैयाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन ।
गत वर्ष बचत होइन, सरकार उल्टै ४८ अर्ब घाटामा देखिएको छ । महालेखाको पछिल्लो तथ्यांकले बजेट तयारी गर्ने जिम्मेवारी बोकेका अर्थमन्त्री र अर्थ मन्त्रालयको टोलीले एक खर्ब बजेट ‘हचुवा’ मा राखेको देखाएको हो । मुलुकको अर्थतन्त्रको जिम्मेवारी लिएर बसेको उच्च पदस्थ कर्मचारी र दलका नेताहरूले कतिसम्म हावादारी र गैरजिम्मेवार रूपमा काम गर्छन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।
महालेखाका उपमहायिन्त्रक यदुनाथ भट्टराईले चालू वर्षको बजेटमा गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने भनिए पनि अवस्था त्यस्तो नदेखिएको जानकारी दिए । ‘गत वर्षबाट एक पैसा पनि ‘क्यारिओभर’ हुने अवस्था छैन’, भट्टराईले भने, ‘सरकार उल्टै ४८ अर्ब घाटामा गएको छ ।’ उनका अनुसार यो वर्षसम्मको हिसाब हेर्दा सरकारको घाटा ७२ अर्ब रुपैयाँ पुगिसकेको छ । नागरिक दैनिकमा खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads