Loading...
एमालेले राष्ट्रियसभाको लागि १३ जना उम्मेदवारको नाम टुंग्यायो

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ-सोमबार अबेरसम्म एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले १३ उम्मेदवारको टुंगो लगाएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४  जनाको नाम टुंगो लगाइएको छ । यसअघि प्रतिनिधिसभाको उम्मेदवार दाबी गरेकी चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी,  खिमलाल भट्टराई (खुला), रुपन्देही,  मीना बुढा (महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  यस्तै प्रदेश नम्बर ७ बाट एमालेले  कमला ओली (महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै प्रदेश नम्बर ६ बाट  कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट,  भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट  र  ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर  १० गते मनोनयन गर्ने एमालेले जनाएको छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads