Loading...
महोत्सवको द्रोस्रो दिन कलाकारको बेजोड प्रस्तुती

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा जारी छैटौं म्याग्दी महोत्सवमा कलाकारहरुले बेजोड प्रस्तुती दिएका छन् । म्याग्दी उघोग वाणिज्य संघद्वारा आयोजित महोत्सवको द्रोस्रो दिन शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएका हुन् ।
कार्यक्रममा कलाकारहरु बैकुण्ठ महत, मालती खरेल, सरिता प्रजापति, यसकुमार, नेपाल आईडलकी टप सेभेनमा पर्ने सफल प्रमिला राई, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा, सहिमा श्रेष्ठ, गायक तथा नेपालका चर्चित सङ्गितकार दिपक शर्मा, सीता परियार, गायक तथा हाँस्य कलाकार रवि कार्कीले बेजोड प्रस्तुती दिएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।
सांस्कृतिक कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका निवर्तमान अध्यक्ष सुरत केसीले गरेका थिए । पुस २८ गतेदेखि सुरु भैएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको तेस्रो दिन आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनी, गायक यामबहादुर क्षत्री र गायिका बबिता बानियाँ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर ३० जना भन्दाबढी राष्ट्रिय तथा स्थानीय कालाकारहरुको प्रस्तुति रहने म्याग्दी उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताए । महोत्सवमा विभिन्न विधाका खेलहरु पनि सञ्चालन हुने भएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads